पूर्वमन्त्री बस्नेत र अध्यक्ष थापाद्वारा विद्यालयलाई नगद सहयोग

भक्तपुर, ४ फागुन । नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत तथा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले विद्यालयलाई नगद सहयोग गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. २ मा रहेको विनायक आधारमुत विद्यालयलाई उहाँहरुले व्यक्तिगत सहयोग गर्नुभएको हो । उहाँहरुले उक्त विद्यालयलार्ई एक लाख ५५ हजार पाँच सय ५५ रुपैंया सहयोग गर्नुभएको हो । विद्यालयको शिक्षिका शुष्मा न्यौपानेले विद्यालयको भित्रि भौतिक तथा वातावरण सुधारको लागि नगद सहयोग आवश्यक रहेको जानकारी गराएपश्चात नेता बस्नेत तथा वडाध्यक्ष थापाले संयुक्त रुपमा सहयोग गर्नुभएको हो । हुँदा खाने र हुने खानेबीचको शिक्षाको खाडल पुर्न जरुरी रहेको औंल्याउँदै नेता बस्नेतले सामुदायीक विद्यालयको गुणस्तरियतालाई सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

नेता बस्नेतले नगद हस्तान्तरण गर्दै भन्नुभयो, ‘सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा रहेको बाल विनायक आधारभूत विद्यालयलाई अति आवश्यक सामाग्रीहरु खरिद गरी विद्यालयको भित्रि भौतिक वातावरण सुधार गरी विद्यालयको पठनपाठन राम्रो गर्न केही आर्थिक सहयोग अति आवश्यक रहेको शिक्षिका सुष्मा न्यौपाने मार्फत जानकारी भयो । त्यस पश्चात विद्यालय मै उपस्थित भै व्यक्तिगत रुपमा सहयोग स्वरुप रु १ लाख ५५ हजार ५०० सय ५५ आर्थिक सहयोग सबै शिक्षकहरुको सामु विद्यालयका प्रधानाध्यापकलाई मैले र वडा नं ८ का अध्यक्ष तथा नगरपालिकाको शिक्षा शाखाका संयोजक किरण थापाज्यूले हस्तान्तरण गरेका छौं । केही मात्रामा भएपनि विद्यालयको सुधारको लागि उक्त रकम प्रयोग हुने छ । विद्यार्थीको पढाईका वातारण तथा गुणस्तरिय सिकाईको लागि थप टेवा पुग्ने छ । विद्यालयलाई सुधारको लागि आवश्यक थप पहलहरु समेत हाम्रो तर्फबाट हुने छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com