एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, यो राष्ट्रको हितमा छ : प्रधानमन्त्री

काठमाडौं. ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

आज बिहान काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।

उनले भने, ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com