झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला
सुनसरी, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै आज बिहान अर्को झोलामा शरीर भेटिएको हो ।
धरान उपमहानगरपालिका-४ मा पर्ने धरान/भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
३०/३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि पहिचान नभएको प्रहरीले जनाएको छ । सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।