आजको राशिफल

काठमाडौँ, ६ फागुन । आज २०७८ फागुन ६ गते शुक्रबारको राशिफल ।

मेष : दिन राम्रो छ। दैनिकी यथावत रहने छ। शिक्षामा गरेको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रबाट उचाईमा पुग्ने दिन छ। आफन्तबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाटसमेत राम्रो परिणाम प्राप्त हुनेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने सफलता मिल्ने योग छ।

मिथुन : दिन सामान्य राम्रो छ। झैझगडामा फस्नुपर्नेछ। पठनपाठनमा भने जोश जाँगर बढ्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। विद्यालय क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। राजनीति र वैदेशिक क्षेत्रलाई प्राथमिकतामा राख्नुहोला।

सिंह : आजको दिन राम्रै छ। चन्द्रमा र गुरु बृहस्पति आमने सामने रहेकाले दैनिक कार्यमा सुधार हुनेछ। शाकाहारी भोजन गरेको राम्रो छ। अरु क्षेत्रमा शुभ फल मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक क्षेत्रहरु यथावत छन्। प्रतिस्पर्धी सक्रिय छन्। राजनीतिमा भने सहयोगी धेरै छन्। बलभन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरु यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा निकै राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो आर्थिक वृद्धि हुनेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन राम्रो छ। कर्म क्षेत्रमा जोशजाँगर बढ्नेछ। राजनीतिमा आफ्ना समकक्षीसँग सतर्कता अपनाउनुपर्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग छ। कुरा काट्नेहरु बढ्नेछन्।

धनु : दिन सामान्य राम्रो छ। वादविवाद हुनेछ। अनावश्यक खर्च हुने योग छ। परिवारबाट भने सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरु यथास्थानमा छन्। वैदेशिक रोजगारीको क्षेत्रमा भने सफलता मिल्ने योग छ। तपाईको लगानीले गुणात्मक नतिजा प्राप्त हुनेछ। बोलीमा प्रभाव पर्नेछ।

कुम्भ : दिन राम्रो छ। शुभचिन्तक बढ्नेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। खर्च बढ्नेछ।

मिन : दिन राम्रो छैन। नयाँ कामको सुरुवात नगर्नुहोला। विवाद हुने योग छ। सामाजिक क्षेत्रमा योगदान गर्नु उचित हुनेछ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com