एमालेद्वारा संसद बैठक अवरुद्ध: सदनभित्रै लाग्यो ‘मुर्दावाद’को नारा

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

आज १ बजेदेखी शुरु भएको बैठकमा एमाले नारावाजी गर्दै अवरुद्ध गरेको छ । एमालेले गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यादा कायम गर, पक्षपात पूर्ण व्यवहार बन्द गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन षड्यन्त्र मुर्दावादलगायतका नाराहरु लगाएको छ ।

सभामुख अग्नी प्रसाद सापकोटाले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सूचना नटासी संसदमा प्रवेश गर्न दिएको भन्दै संसद अवरुद्ध गर्दै आएको हो । माधव नेपालले हाल नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गर्नुभएको छ ।

एमालेका विरोधका बिच पनि समाभुखले सभा सञ्चालन गर्नुभएको छ । कानुन, न्याय तथा संसदीय मन्त्री दिलेन्द्र बडुले आदिवासी जनजातीको प्रतिवेदन पेश गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com