एक पुरुषको शव फेला

दाङ, ६ फागुन । दाङको राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव बिहीबार बेलुका ९ बजे राप्ती नदी किनारमा शव भेटिएको हो ।

शवको पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com