बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँके, ७ फागुन । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान घास-दाउराका लागि जंगल गएका राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । उनलाई बाघले घिसारेर लगेको र शव १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com