थप ३५० जनामा कोरोना संक्रमणः १ हजार २ सय ७२ डिस्चार्ज

काठमाडौँ, ७ फागुन । देशभर कोरोनाका ३ सय ५० बिरामी थपिएका छन् ।

७ हजार ९६ जनामा गरिएको परीक्षणमा ३ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

सोही अवधिमा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् । देशभर अझै पनि १३ हजार ३ सय ५७ कोरोना सक्रिय संक्रमित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com