एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति
काठमाडौँ, ८ फागुन । एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए ।
त्यस्तै बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसी आज संसदमा टेबल हुने बताए । उनले भने, ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ ।’