एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नेता श्रेष्ठ

काठमाडौँ, ८ फागुन ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसद्मा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसद्मा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन ।

उनले भने, ‘एमसीसी संसद्मा टेबुल गर्ने बारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com