भीम रावलको प्रश्न- यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट ?

काठमाडौँ, ८ फागुन । नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् ।

आज बसो प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले एमसीसी टेबल गर्ने विषय कार्यसूचीमा कुन कानुनअन्तर्गत राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन  ।

उनले भने, “यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?,” “हाम्रो संविधान–कानुन मिचिने, स्वतन्त्र परराष्ट्र नीतिमा धावा बोल्ने परियोजना टेबल गर्न हुँदैन ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com