बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

एजेन्सी, ९ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

बीबीसीका अनुसार कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो  ।

९५ वर्षकी महारानी आउँदाे हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड  पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ ।

 उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेकी छन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाभको कामना गरेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com