जसले पशुपतिलाई गिद्धेदृष्टि लगाउँछ उसको कहिल्यै कल्याण हुने छैन : मन्त्री आले

काठमाडौँ, १० फागुन । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिलाई गिद्धेदृष्टि लगाउनेको कहिल्यै पनि कल्याण नहुने बताएका छन् ।

आज महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा बोल्दै मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका हून् ।

उनले भने, ‘‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नुभएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । त्यसकारण पशुपतिले सबैको रक्षा गर्नेछन्,” ‘‘जसले पशुपतिलाई गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदै छौँ ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com