कलाकार जयनन्द लामाको निधन

काठमाडौँ, ११ फागुन । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका कलाकार जयनन्द लामाको निधन भएको छ ।

लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com