राष्ट्रपतिद्वारा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन ।

कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको बताउदै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन ।

सामाजिक सञ्जाल ट्विटरमार्फत कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन, “प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com