३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, ११ फागुन । थप ३ सय १२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ३ सय ६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९४ हजार ३ सय ४१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३० जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com