प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ, १२ फागुन । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।
