टिपर दुर्घटना हुँदा दुई मजदुरको मुत्यु

दाङ, १२ फागुन । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका अनुसार भूमे गाउँपालिकाको-५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढाको मृत्यु भएको हो ।

दुर्घटना पश्यात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम (पूर्व) अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com