एमालेद्वारा स्थानीय तह चुनावका लागि दल दर्ता

काठमाडौँ, १३ फागुन । नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आज निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले निकालेकाे सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच निर्वाचन आयोगले आज शुक्रवार दिउँसोसम्म स्थानीय तह चुनाव प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले चुनाव आयोगमा एक सय नाै वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरूले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको बताए ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com