२७५ जनामा कोरोना संक्रमण, ५५५ जना डिस्चार्ज

काठमाडौँ, १३ फागुन । थप २ सय ७५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ८० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३२ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com