सांसद बस्नेतद्वारा ५ आयोजनाको अनुगमनः २ वटा शिलान्यास

भक्तपुर, १३ फागुन । ‘जहाँ विकास, त्यहाँ महेश बस्नेत’ भन्ने जनताको मन मस्तिष्कमा छाप पार्न सफल हुनुभएका नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधिन अयोजनाको अनुगमनलाई तिव्रता दिनुभएको छ । ‘राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै नेता बस्नेतले आफ्नो क्षेत्रका जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास आयोजनाहरु सञ्चालन गरिरहनुभएको छ ।

वर्तमान पाँच दलीय गठबन्धनको सरकार बनेसँगै सयौं आयोजनाहरु कटैती गरिएको छ । कटैति गरिए पनि आफुले बनाएका योजना तथा चालु आयोजनाहरुलाई निर्माण सम्पन्न गराएरै छाड्ने उद्घोषका साथ अनेकन उपायहरु लगार्य बजेट व्यवस्थापन गरी निर्माण कार्य अगाडी बढाइरहनुभएको छ । पाँच दलीय गठबन्धन बनेसँगै विकास निर्माणको होलिडेको रुपमा वर्तमान समय बनिरहेको अवस्थामा पनि आफ्नो जिल्लामा भने विकासलाई होलिडे हुन दिनुभएको छैन, नेता बस्नेतले ।

‘नेकपा एमाले विकास र समृद्धिको लागि फिल्डमा, विरोधीहरु डिलमा’ भन्ने अभियान नै सञ्चालन गर्नुभएका नेता बस्नेतले देशभर विकासका आयोजनाहरुको शिलान्यास र उद्घाटन प्रायः बन्द नै भइसकेको समयमा पनि आफ्नो जिल्लामा प्रायः दैनिक जसो उद्घाटन र शिलान्यासलाई निरन्तरता दिई अनुकरणीय कार्य गरिरहनुभएको छ ।

यसै क्रममा नेता बस्नेतको नेतृत्वमा संघीय सरकारद्वारा विनियोजित रु १ करोड ३४ लाखको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं २ को पंचायण मार्ग, हुलाक मार्ग र मुनाल मार्ग हुँदै वडा कार्यालय जोड्ने बाटो ढल सहित ६ मिटर चौडा विस्तार र स्तरोन्नती पश्चात् आस्फाल्ट पिच (कोलोपत्रे) भइरहेको कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । त्यस्तै उहाँले संघीय सरकार अन्तर्गत उपत्यका विकास प्राधिकरणबाट विनियोजित बजेटद्वारा मध्यपुर थिमी नगरपालिका वडा नं २ को तिला हिटीसँगै उत्तर सुन्दर ढुङ्गेधारा बस्ती भित्र कालोपत्रे भएका सडकहरु, सहरी विकास तथा भवन निर्माण विभागद्वारा विनियोजित रु १ करोड ७० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोटको पंचायण भगवती मार्ग नयाँ बस्ती भित्रका सडकहरुमा आस्फाल्ट पिच (कालोपत्रे), सहरी विकास तथा भवन निर्माण विभाग द्वारा विनियोजित रु १ करोड ७० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोटको पंचायण भगवती मार्ग नयाँ बस्ती भित्रका सडकहरुमा आस्फाल्ट पिच (कालोपत्रे) भइरहेको कार्य, संघीय सरकारबाट विनियोजित बजेटद्वारा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको पिलागाउँ, घोप्टेढुङ्गा चरखण्डी सडक ६ मिटर चौडा गर्ने कार्यको स्थलगत अनुगमन गर्नुभएको छ ।

नेता बस्नेतले सघन सहरी तथा भवन निर्माण आयोजना बबरमहल, काठमाण्डौँद्वारा विनियोजित रु ३७ लाखको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं ४ को नमस्ते टोलमा बाटो स्तरोन्नती तथा ढुङ्गा छपाई कार्यको शिलान्यास समेत गर्नुभएको छ । त्यस्तै उहाँले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषको संयुक्त लगानीमा गुण्डुको छेडो हात्तीगौंडामा स्वीमिङ पुल निर्माणको शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकारले विकासलाई होलिडेको रुपमा राखे पनि भक्तपुरमा भने केपी ओली नेतृत्वको सरकारको पालामा आएको बजेटले हालसम्म विकास आयोजनाहरु निरन्तर भइरहेको बताउनुभयो । गठबन्धनको सरकारले मुलुक र जनताको भाग्य र भविष्य नै अन्धकारको बाटोमा लगेको प्रति चिन्तीत हुँदै उहाँले राजनीतिक आग्रह र पूर्वाग्रहकै कारण विकासमा अवरोध सरकारले नै गर्नु मुलुकको लागि दुर्भाग्य भएको बताउनुभयो । विकासमा समेत वर्तमान सरकारले राजनीति गरिरहेको उल्लेख गर्दै उहाँले राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धता भन्ने कुरालाई मननु गर्न सत्तारुढ गठबन्धनका पार्टीहरुलाई आग्रह समेत गर्नुभयो । आफु विकास गर्न बजेट ल्याउन पनि नसक्ने र सक्नेले ल्याएको बजेटमा समेत विरोध मात्र गरेर बस्ने गठबन्धन दलका नेता तथा कार्यकर्तालाई डिलमा बसेर एमालेले गरेको विकासलाई आलोचना गर्नुको साटो पिल्डमा नै आएर विकासमा एमालेसँग सिक्नको लागि आग्रह गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com