मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
धनुषा, १४ फागुन । धनुषामा ३ जना सवार मोटरसाइकल पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराईन नगरपालिका–४ मा शुक्रबार बेलुकी ३ जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलिप रामको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अपतालमा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।