मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

वीरगञ्ज, १८ फागुन । बारामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ पैदल हिँडिरहेको बेलामा ना६४प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी बारा कोल्हबी नगरपालिका ६ अधन्वा बस्ने करिब ८३ वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो ।

उनलाई राति १० बजे अस्पतालले मृत घोषणा गरेको हो । ठक्कर दिने मोटरसाइकल भोलिया देवीको घरमा रहेको र मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका – ८ का २५ वर्षीय बशिष्ठ चौधरी वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com