काठमाडौँ उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि
काठमाडौँ, १८ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८ जना, ललितपुरमा ८ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।