बागमती प्रदेश सभाको बैठक बोलाइयो

हेटौंडा, १८ फागुन । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

फागुन १६ गते सूचना टाँस गर्दै स्थगन गरेको बैठक पुनः फागुन २९ गते दिउँसो १ बजेको लागि आह्वान गरिएको हो । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि बोलाउने र स्थगन गर्ने लडाइँको बिचमा पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आवहान गर्नुभयो । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको वैठक आव्हन भएको हो ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको वैठक स्थगित थियो । एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com