नेपाली कांग्रेसको चुनावी अभियान केही पछि सर्ने

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसको चुनावी अभियान पर सर्ने भएको छ ।

फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको हो । चुनाव केन्द्रित प्रसारका लागि ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो। कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ। अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसमीसी) संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com