बागमती प्रदेश सभाको बैठक फागुन २९ बोलाइयो

काठमाडौँ, १९ फागुन । बागमती प्रदेश सभाको बैठक फागुन २९ गतेको लागि आह्वान गरिएको छ ।

पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आवहान गरेका हुन् । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको वैठक आव्हन भएको हो ।

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com