१०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, १९ फागुन । थप १ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार २ सय ६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५७ हजार ८ सय ८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com