स्थानीय तह निर्वाचनको लागी अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड निकासा

काठमाडौँ, १९ फागुन । स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मेसिनको प्रमाणीकरण कसले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएसम्म मेसिन प्रयोग गर्न नसकिने भएको हो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको अध्ययनको कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएपनि मेसिन प्रमाणिकरणको विषयमा आयोग ढुक्क हुन सकेको छैन ।

सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले अर्थ मन्त्रालयबाट उक्त रकम सुनिश्चित भएको जानकारी दिए । आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो । अहिले मागअनुसार नभए पनि आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराउने जानकारी आएको उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com