नक्कली ३ लाख रुपैयाँसहित एक जना पक्राउ

बारा, २० फागुन । नक्कली ३ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार अपरान्ह धनुषा छिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्र महतोलाई ३ लाख १ हजार नक्कली र १५२५ रुपैयाँ सक्कली नोटसहित  पक्राउ गरेको हो । महतोबाट लु७८प २३९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ  ।

महतोलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com