आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने बताइएकोछ ।

यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ। माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो । नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन् ।अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com