पार्टीमा व्यक्तिवाद हाबी भयो, प्रचण्डले पार्टी छाेड् भन्नुभयो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ, २० फागुन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् ।

आज पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत लिखित भनाइमा श्रेष्ठले पार्टीमा ‘दलाल तथा नाेकर पुँजीवादीहरूको साँठगाँठ बढेको’ समेत बताएका छन् । उनले भने, “विवेक प्रयोग गरी वस्तुनिष्ठअनुसार अघि बढ्नुपर्‍यो । एतिहासिक माेडमा कसैले गम्भीर गल्ती नगराैँ । हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिकाे भयाे । हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो । दलाल तथा नाेकर पुँजीवादीहरूको साँठगाँठ बढ्याे । २०५३ सालदेखिकाे सम्बन्ध प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छाेड भन्नुभयो ।’

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com