लागूऔषध र हातहतियारसहित एक जना पक्राउ

ललितपुर, २२ फागुन । ललितपुरमा लागूऔषध र हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ-एम्फेटामाईन (आईस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित पक्राउ परेका हुन ।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागूऔषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो । उनीउपर जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com