प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, २२ फागुन । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।  आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com