सांसद मोहन बानियाँ निलम्बित

काठमाडौँ, २२ फागुन । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आजको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिए ।

एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com