दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुर, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com