गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

काठमाडौँ, २३ फागुन । परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धनको सरकार भएकोले रिक्त स्थानमा राजदूत नियुक्त गर्ने ढिला भएको  बताएका छन् ।

आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए । उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com