सरकारले अर्थतन्त्र ध्वस्त बनायो : अध्यक्ष ओली

पोखरा, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको बताएका छन् ।

आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी बताए ।

उनले भने, ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन ।, ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन् ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com