नहरमा दुई जना मृत अबस्थामा फेला

काठमाडौँ, २५ फागुन । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई जना मृत अबस्थामा फेला परेका छन भने दुई जना मध्ये एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो ।  उनी भारतको  महारागंज  सिम्देउरहवा  बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको प्रहरीले जनाएको छ । अर्का मृतक अन्दाजी ३० बर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com