मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

दाङ, २५ फागुन । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको माेटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही-३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com