एमाले प्रवेश गर्ने तयारीमा करिश्मा मानन्धर

काठमाडौँ, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

अध्यक्ष ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको बताइन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com