आजको मौसम

काठमाडौँ, २७ फागुन । देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश–१ का एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ । त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com