बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २७ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख २ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।