वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

चितवन, २८ फागुन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो ।

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com