प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यवाद

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् ।

भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् ।   उनीहरु भारत हुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीलाई धन्यावाद दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद ।,’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com