एनआरएनए निर्वाचन तीन दिनपछि सर्यो
काठमाडौँ, २८ फागुन । गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिनपछि सरेको छ ।
आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको छ । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।
जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ ।