राज्यका तीनवटै अंगमाथि विश्वास टुटेको छ : महासचिव पोखरेल

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीनवटै अंगमाथि विश्वास टुटेको बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको बताएका हुन् ।

उनले भने, विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेपछिको अवस्था हेर्नुहोस त ? अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन’ ‘राज्यका तीन अंगमाथि जनताको विश्वास टुटेको छ । यो लोकतन्त्रमाथिकै संकट हो ।’

अब नयाँ जनादेश आएपछि मात्र ती अंगको विश्वास बढ्ने उनको दावी छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com