सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com