संसदमा जबराविरुद्धको महाभियोग प्रस्तुत

काठमाडौँ, २९ फागुन । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तुत गरेका छन् ।

आज बसेको संसद बैठकमा संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम गुरुङसहित सांसदहरु पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसदहरु समर्थक रहेको प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव  प्रस्तुत भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com