६५ जनामा कोरोना संक्रमण, १९२ जना डिस्चार्ज

काठमाडौँ, २९ फागुन । थप ६५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ९ सय ३७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६१ हजार ७० जना रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com